प्रचण्डको चुनावी सभामा ओली र बादलले सम्बोधन गर्ने | ईमाउण्टेन समाचार

Our Network

असार ७ २०८३, सोमबार

काठमाडौं, ४ मंसिर । पुत्रशोकमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि चितवनमा आयोजना गरिएको चुनावी सभामा सहभागी हुने भएका छन् । तर, उनले सम्बोधन भने गर्ने छैनन्।

प्रचण्ड पुत्र प्रकाश दाहालको आइतबार निधन भएको थियो। त्यसलगतै चिवतनको कार्यक्रम स्थगित गर्न लागिएको थियो। तर, प्रचण्डकै आग्रहमा सभा स्थगित नगरिएको बताइएको छ।

प्रचण्डको चुनावी क्षेत्रमा हुने भोलिको सभाको सुरुमा स्वर्गीय प्रकाश दाहाललाई श्रद्धाञ्जली दिइने छ। सभालाई एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी नेता रामबहादुर थापा बादलले सम्बोधन गर्नेछन्।

ताजा समाचार