निर्वाचनविरोधी गतिविधिमा संलग्नलाई र्काबाही गर्ने प्रधानमन्त्रीको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

निर्वाचनविरोधी गतिविधिमा संलग्नलाई र्काबाही गर्ने प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, ४ मंसिर। प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनविरोधी गतिविधिमा संलग्नलाई तत्काल पक्राउ गरी कार्बाही गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

सोमबार राजधानीमा आयोजित तीन नम्बर प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा प्रधानमन्त्री देउवाले मतदताताले भयरहित वाताबरणमा मतदान गर्न पाउनुपर्ने भन्दै निर्वाचन विरोधी गतिविधिमा संलग्नलाई तत्काल कार्बाही गर्न निर्देशन दिए।

निर्वाचनका क्रममा हुने बुथ कब्जा लगायतका अवाञ्छित गतिविधिलाई निरुत्साहित गर्न सुरक्षा व्यवस्था मजबुद बनाउनुपर्ने उनको भनाई छ।

उनले निर्वाचनको सुरक्षा चुनौतिलाई सामना गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सुरक्षा निकाय सक्षम रहेको दाबीसमेत गरे।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);