गोरखा कांग्रेसलाई गगन थापाको आग्रह, पीडा भुलेर बाबुरामलाई भोट दिनुहोस् | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

गोरखा, ४ मंसिर। नेपाली कांग्रेसका नेता एवम् काठमाडौँ क्षेत्र नं ४ का प्रतिनिधी सभा उम्मेदवार गगन थापाले गोरखा २ मा डा. बाबुराम भट्टराईले जित्दा संसदमा कांग्रेस बलियो देखिने बताएका छन्।

सोमबार गोरखाको भच्चेकमा आयोजित कांग्रेस र नयाँ शक्तिको संयुक्त चुनावी सभालाई संबोधन गर्दै कांग्रेस नेता थापाले यस्तो बताएका हुन्। उनी बाबुराम भट्टराईलाई भोट माग्न गोरखा पुगेका हुन्।

संविधान जोगाउन र कार्यान्वयन गर्न कांग्रेसले जित्न आवश्यक रहेको दाबी गर्दै गोरखाका बाबुरामले जित हासिल गरेमा सांसदमा पनि कांग्रेस बलियो रहने उनको भनाई छ।

नेता भट्टराईले जित्नु र कांग्रेसले जित्नु एउटै रहेको भन्दै उनले भट्टराईलाई मत दिने क्रममा विगतको दुःख पीडा विर्सिन गोरखाका कांग्रेस कार्यकर्तालाई आग्रह समेत गरे।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);