गोरखा २ मा सहयोगको आश्वासन पाएपछि कांग्रेससँग तालमेल गर्दै बाबुराम | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

गोरखा २ मा सहयोगको आश्वासन पाएपछि कांग्रेससँग तालमेल गर्दै बाबुराम

Baburam-bhattrai-1

काठमाडौं, २९ असोज । वाम गठबन्धनबाट बाहिरिएका नयाँशक्ति नेपालका संयोजक बाबुराम भट्टराईले नेपाली कांग्रेससँग चुनावका लागि हात बढाउने भएका छन् । शनिबार उनले काँगे्रसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर परामर्श लिएका थिए ।

गोरखा २ मा सहयोग गर्ने आश्वासन पाएपछि भट्टराई कांग्रेससँग तालमेलका लागि तयार भएका हुन्।

वाम गठबन्धनले उनलाई पहिले गोरखा २ मा स्थान दिने सहमति जनाएपछि भट्टराई एमालेको सूर्य चिह्नमा चुनाव लड्न तयार भएका थिए ।

तर, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गोरखा २ माओवादीले छाड्न नहुने र भट्टराईलाई सहयोग गर्न नहुने दबाव दिएपछि वाम गठबन्धनले उनलाई असहयोग गर्ने निर्णय गर्‍यो । त्यस लगत्तै भट्टराई गठबन्धनबाट बाहिरिएका हुन्।

भट्टराई अब नयाँशक्ति नेपालकै आँखा चुनाव चिह्नमा प्रतिनिधिसभा निर्वाचन लड्नेछन् । कांग्रेसले गोरखाको क्षेत्र नम्बर २ मा भट्टराईलाई सहयोग गर्ने र गोरखा १ मा नयाँ शक्तिले कांग्रेसलाई समर्थन गर्ने सहमति भएको बताइएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);