रोचक बन्दै गोरखाको मतपरिणाम : दुवै क्षेत्रमा पछिपछि दुई 'काजी' | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

गोरखा, २२ मंसिर । यतिखेर गोरखा जिल्लाको मतपरिणामले सबैको ध्यान खिचेको छ । गोरखा क्षेत्र नम्बर २ मा दुई हेभीवेट नेता डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठबीचको भीडन्त रोचक भईरहेको छ ।

पछिल्लो मत परिणाम अनुसार नयाँ शक्तिका संयोजक एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ११ हजार ३ सय ३९ प्राप्त गरेका छन् । वाम गठबन्धनका नारायणकाजी श्रेष्ठले ९ हजार ७ सय ४९ मतले पछ्याईरहेका छन् ।

त्यस्तै गोरखा क्षेत्र नम्बर १ मा वाम गठबन्धनका साझा उम्मेदवार माअ‍ोवादीका हरिराज अधिकारी ७ हजार २ सय ६ मतले अग्रस्थानमा रहेका छन् । उनलाई कांग्रेसका चिनकाजी श्रेष्ठले पछ्याईरहेका छन् । श्रेष्ठले ६ हजार ५ सय ६४ मतका साथ अधिकारीलाई पछ्याईरहेका हुन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);