कञ्चनपुरको तीन वटै क्षेत्रमा वाम गठबन्धनको अग्रता | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

काठमाण्डौँ, २२ मंसिर । कञ्चनपुरको तीन वटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनको अग्रता रहेको छ ।

निर्वाचन क्षेत्र नम्बर १ मा वाम गठबन्धनका उम्मेदवार माओवादीकी बिना मगर १ हजार २३ मतका साथ अगाडि रहेकी छिन् भने काँग्रेसका उम्मेदवार दिवान सिह विष्ट ३७७ मतका साथ पछिपछि रहेकी छिन् ।

त्यस्तै कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर २ मा पनि वामका उम्मेदवार नर बहादुर धामी २८४ मतले अग्रता लिएका छन् । वामका उम्मेदवार धामीले ९२५ र काँग्रेसका उम्मेदवार एनपी साउदले ६४१ मत ल्याएका छन् ।

निर्वाचन क्षेत्र नम्बर ३ मा वामका डा. दिपक प्रकास भट्ट ९४७ मतका साथ अग्रस्थानमा छन् भने उनलाई काँग्रेसका उम्मेदवार रमेश लेखकले ८९० मतले पछ्याईरहेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);