विवेकशीलले छान्यो पाठकलाई उम्मेदवार, प्रचण्ड माथि थपियो अर्को चुनौती | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौं, २९ असोज । चितवन क्षेत्र नं ३ मा विवेकशील साझा पार्टीले उम्मेदवार घोषणा गरेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समेत लड्ने तयारीमा रहेको चितवन क्षेत्र नम्बर ३ मा पत्रकार समेत रहेका शरदराज पाठकलाई विवेकशील साझा पार्टीले उम्मेदवार बनाएको हो।

राजनीतिलाई अपराधिकरणबाट मुक्त गर्न इमान्दार र सक्षम नेतृत्व राजनीतिमा आउनुपर्ने उम्मेदवार पाठकले बताए। विवेकशील साझा पार्टीले शनिबार थप ५ उम्मेदवार सार्वजनिक गरेको छ।

जस अनुसार चितवन ३ मा पाठक, २ मा भुपेन्द्र बस्नेत, भक्तपुर २ मा शशीविक्रम कार्की, लमजुङमा निर्देश सिलवाल र दोलखामा विजयबाबु शिवकोटी उम्मेदवार छनौट भएका हुन्।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);