एमालेका माधव नेपालसँग विवेकशील साझाका सूर्यराज भिड्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

काठमाण्डौँ, ५ कार्त्तिक । प्रतिनिधिसभाको चुनावका लागि विवेकशील साझा पार्टीले काठमाडौं–२ मा सूर्यराज आचार्यलाई उम्मेदवार बनाउने भएको छ । आचार्यले आइतबार ट्वीटरमार्फत सो जानकारी दिएका हुन् ।

काठमाण्डौँ २ मा आचार्यल कडा प्रतिष्पर्धीको सामना गर्नुपर्ने भएको छ । किनकी यही क्षेत्रबाट एमालेका तर्फबाट पूर्वप्रधानमन्त्री माधव नेपाल उम्मेदवार हुने पक्का भईसकेको छ ।

विवेकशील साझाका आचार्य भौतिक पूर्वाधार विज्ञका रुपमा परिचित छन् । विवेकशीला साझा पार्टीले वैकल्पिक राजनीतिक शक्तिको वकालत गर्दै आएको छ ।

उता कांग्रेसले भने त्यस क्षेत्रमा निवर्तमान सांसद दीपकप्रसाद कुँईकेललाई उठाउने निर्णय गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);