म्हैपी गोली काण्ड : गोली हानेको अभियोगमा चार पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

म्हैपी गोली काण्ड : गोली हानेको अभियोगमा चार पक्राउ

काठमाडौँ, ५ कात्तिक ।  प्रहरीले आज बिहान काठमाडौंको म्हैपीमा गोरखा लाप्राकका कल्याण गुरुङमाथि गोली हानेको अभियोगमा चार जनालाई पक्राउ गरेको छ । गुरुङलाई गोली हानेको अभियोगमा असुन गुरूङ, नवराज लामिछाने, सुरेन्द्र शाही र सविना पाण्डे क्षेत्रीलाई पक्राउ गरेको हो ।

प्रहरीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा परिसरका प्रमुख रवीन्द्रकुमार धानुकले सविनालाई जिस्काएको आरोपमा असुनले कल्याणमाथि गोली हानेको बताए । “घटनामा असुनले कल्याणलाई गोली हानेको अनुसन्धानमा खुल्न आएको छ”–प्रमुख धानुकले भने ।

 कल्याण र सविना एउटै डिस्कोमा गएको र सविनालाई कल्याणले पिछा गरेपछि सविनाले असुनलाई बोलाएको र कारमा पिछा गरेर गोली हानेको अनुसन्धानमा खुल्न आएको उनले जानकारी दिए ।

असुन मनाङ निवासी हुन् । घाइते कल्याणको अहिले त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);