प्रहरीकै पेस्तोल खोसेर तस्करले गोली चलाएपछि... | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रहरीकै पेस्तोल खोसेर तस्करले गोली चलाएपछि…

goli

रुपन्देहीमा, २१ मंसिर । बुटवलमा गैंडाको खाग तस्करले प्रहरीको पेस्तोल खोसेर हानेको गोली लागेर एकजना घाइते भएका छन् ।

बुटवलको मिलनचोकमा नजिकै कलश होटलमा आइतबार बिहान ९ गोली चलेको हो । घाइतेलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको लागि लगिएको छ। उनको पहिचान भइसकेको छैन। उनको चिउडोमा गोली लागेको छ ।

पेस्तोल खोसिएका प्रहरी भने सकुशल रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । होटलमा बसेकाहरूले खाग तस्करी गरेको सुराकीको आधारमा गएको प्रहरीकै पेस्तोल खोसेर हानेको गोलीले तस्कर समूहकै एकजना घाइते भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रहरीले होटलबाट दुई जनालाई नियन्त्रणमा लिएको छ भने एकजना होटलको कोठाबाट हाम फालेर फरार भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);