बाँकेबाट पेस्तोल र भरुवा बन्दुकसहित एकजना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८०, शनिबार

बाँकेबाट पेस्तोल र भरुवा बन्दुकसहित एकजना पक्राउ

दाङ। बाँकेमा कटुवा पेस्तोल र भरुवा बन्दुकसहित प्रहरीले बाँकेबाट एक जना पक्राउ गरेको छ। पक्राउ पर्नेमा बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर १ बानियागाउँका छविलाल केवट रहेका छन् । उनको साथबाट प्रहरीले कटुवा पेस्तोल थान एक, लोडगरी राखेको भरुवा बन्दुक एक थान र सोही बन्दुकमा प्रयोग हुने बारुद अन्दाजी १०० ग्राम, सिसा र फलामको गोली (छर्रा) ५०० ग्राम र पटाका नौ थान बरामद गरिएको इलाका प्रहरी कार्यालय भगवानपुरले जनाएको छ। बुधबार बिहान अबैध हातहतियार रहेको सूचनाका आधारमा इप्रका भगवानपुरबाट प्रहरी निरीक्षक वीरबहादुर सुनारको कमाण्डमा गएको प्रहरी टोलीले केवटसहित हातहतियार बरामद गरेको हो।

केवटमाथि हातहतियार तथा खरखजना कसूर मुद्दामा अनुसन्धान भइरहेको छ।

Leave a Reply