अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ

दार्चुला । दार्चुलामा अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।

मालिकार्जुन गा पा ७ पासादेउका ५८ वर्षीय केशर सिंह धामी एक थान अवैध भरुवा बन्दुकसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर शाहीले जानकारी दिएका छन् ।

प्रहरीले गोप्य सूचनाको आधारमा मालिकार्जुन गा पा ७ पासदेउ स्थित धामीको खुद्रा पसल तथा पसल आसपास खोज तलास गर्दा पसलको नजिकै झाडीमा लुकाएर राखेको अवस्थामा उक्त अवैध बन्दुक फेला पर्दा धामी पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका धामीलाई मंगलबार जिल्ला अदालतबाट म्याद थप गरेर अनावस्यक अनुसन्धान भइरहेको र धामी लाइ प्रहरी हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);