भरुवा बन्दुकसहित एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

असोज ९ २०८३, शनिबार

भरुवा बन्दुकसहित एक जना पक्राउ

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका-३ बाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा स्थानीय २४ वर्षीय राजन लिम्बू रहेको प्रहरीले जनाएको छ। गाईगोठमा लुकाएर राखेको अवस्थामा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक काशीनाथ रेग्मीले जानकारी दिए।

बन्दुकसहित राईलाई नियन्त्रणमा लिएर जिल्ला अदालतमा हात हतियार खरखजानासम्बन्धी  कसुरमा मुद्दा दर्ता गरेकाे प्रहरी निरीक्षक रेग्मीले जानकारी दिए  । अदालतबाट म्याद थप भएको प्रहरीले जनाएको छ।

Leave a Reply