नेदरल्याण्ड्सको राजधानी एम्स्टर्डममा वार्षिक मेटस्ट्रेड समुन्द्री उपकरण व्यापार प्रदर्शनी शुरु भएको छ । मंगलवारदेखि शुरु भएको प्रदर्शनी बिहीवारसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा मनोरञ्जन तथा फुर्सदका लागि प्रयोग हुने समुन्द्री क्षेत्रसँग सम्बन्धित नवीनतम उपकरण, उत्पादन तथा प्रविधि प्रदर्शन गरिएका छन् । यस वर्षको प्रदर्शनीमा १३ वटा प्रदर्शनी हलमा १ हजार ७ सयभन्दा बढी प्रदर्शक सहभागी भएका छन् । प्रदर्शनीमा समुन्द्री यातायात तथा मनोरञ्जनका लागि प्रयोग हुने जलयानसँग सम्बन्धित उपकरण र प्रविधिको प्रदर्शनी गरिएको छ । यसले समुन्द्री उद्योगमा विकास भइरहेका नयाँ प्रविधि तथा उत्पादनबारे जानकारी आदानप्रदान गर्ने अवसर प्रदान गर्नेछ ।





