प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रिय हितलाई प्राथमिकता दिन प्रचण्डको सुझाव | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३ २०८३, बिहीबार

प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रिय हितलाई प्राथमिकता दिन प्रचण्डको सुझाव

काठमाडौँ ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री बालेन्द्र साहको आसन्न भारत भ्रमणमा नेपालको राष्ट्रिय हितलाई प्राथमिकता दिन सुझाव दिनुभएको छ ।
अखिल रुसी राजनीतिक दलको आयोजनामा भएको ‘फर द फ्रिडम अफ नेसन्स’ विषयक विश्व सम्मेलनमा सहभागी भएर बिहीवार स्वदेश फर्किने क्रममा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । दाहालले प्रधानमन्त्री साहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विगतमा भएका सहमति तथा समझदारीलाई कार्यान्वयनमा लैजानुपर्ने बताउनु भयो । आफू प्रधानमन्त्री हुँदा अघि बढाएका कामलाई वर्तमान प्रधानमन्त्रीले निष्कर्षमा पु¥याउने अपेक्षा गरेको उहाँको भनाइ छ । विशेषगरी पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई टुंगोमा पु¥याउनुपर्नेमा उहाँले जोड दिनुभयो । आफू प्रधानमन्त्री हुँदा परियोजनासम्बन्धी सहमति हस्ताक्षरको नजिक पुगेको उल्लेख गर्दै त्यसलाई निष्कर्षमा पु¥याउन सके नेपाल र भारत दुवैका लागि ऐतिहासिक उपलब्धि हुने उहाँले बताउनु भयो । त्यस्तै विद्युत व्यापारसम्बन्धी त्रिपक्षीय सहमति र कृषि क्षेत्रको विकासका लागि भएका समझदारीलाई पनि कार्यान्वयन गर्नुपर्ने उहाँको सुझाव छ । दाहालले वर्तमान सरकारलाई राम्रो काममा आफ्नो पार्टीको समर्थन रहने र गलत काम गरे आलोचना गर्ने स्पष्ट पार्नुभयो । प्रधानमन्त्री साहले आफूलाई कसरी प्रश्तुत गर्नुहुन्छ भन्ने कुरा जनताले मूल्यांकन गरिरहेको उल्लेख गर्दै उहाँले सरकारलाई सकारात्मक काम गर्न आग्रह गर्नुभयो ।

उहाँले प्रधानमन्त्रीको भारत भ्रमणलाई नेपालको राष्ट्रिय हित र द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply