काठमाडौँ ।
भारतको उत्तराखण्ड राज्यमा पछिल्लो २४ घण्टामा भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी घाइते भएका छन् । स्थानीय प्रहरीकाअनुसार मंगलबार बिहान ऋषिकेश क्षेत्रमा यात्रु बोकेको निजी बस दुर्घटनामा पर्दा नौ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । तिब्र मोडमा अनियन्त्रित भएको बस सडकबाट करिब १२० फिट गहिरो खोंचमा खसेको प्रहरीले जनाएको छ । त्यस्तै, सोमवार राति रुद्रप्रयाग क्षेत्रमा भएको अर्को दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । उनीहरू सवार कार सडकबाट चिप्लिएर गहिरो खोँचमा खसेको थियो । दुवै दुर्घटनामा घाइते भएकाहरूलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




