बंगलादेशमा बस पोखरीमा खस्दा १७ जनाको मृत्यु, ३५ घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

बंगलादेशमा बस पोखरीमा खस्दा १७ जनाको मृत्यु, ३५ घाइते

ढाका,७ साउन । बंगलादेशको झलकाठी सदर उपजिल्लाको छत्रकांडा क्षेत्रमा बस पोखरीमा खस्दा तीन बालबालिकासहित १७ जनाको मृत्यु भएको छ । ३५ जना घाइते भएका छन् ।

समाचार एजेन्सी एएनआईले बंगलादेशी पत्रिका डेली स्टारलाई उद्धृत गर्दै यो जानकारी दिएको हो । चालकको लापरवाहीका कारण दुर्घटना भएको जनाइएको छ ।

दुर्घटनामा बाँचेकाहरुले बसमा यात्रुले ओभरलोड भएकाले दुर्घटना भएको बताएका छन् । डेली स्टारका अनुसार ५२ जना क्षमताको बसर मेमोरियल यातायातको बसमा ६० भन्दा बढी यात्रु सवार थिए । पिरोजपुरको भण्डारीयाबाट बिहान करिब ९ बजे छुटेको बस बरिशाल–खुल्ना राजमार्गको छत्रकाण्डामा बिहान १० बजेतिर सडक छेउको पोखरीमा खसेको थियो ।

प्रहरीका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा अधिकांश पिरोजपुरको भण्डारी उपजिल्ला र झलकाठीको राजापुर क्षेत्रका बासिन्दा रहेका छन् । गत महिना सडक दुर्घटनामा ५ सय ६२ जनाको मृत्यु भएको थियो

बंगलादेशमा बस दुर्घटना सामान्य बन्दै गएको छ । सडक सुरक्षा फाउण्डेशन (आरएसएफ)का अनुसार जुन महिनामा मात्रै ५ सय ५९ सडक दुर्घटनामा ५ सय ६२ जनाको मृत्यु भएको छ भने ८१२ जना घाइते भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);