बावुआमाको झगडा गर्दा ११ महिनाको छोरीको मृत्यु, खाल्डो खनेर घरमै गाडियो शव | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

बावुआमाको झगडा गर्दा ११ महिनाको छोरीको मृत्यु, खाल्डो खनेर घरमै गाडियो शव

एजेन्सी, ७ साउन । पछिल्लो समय विश्वभर निकै दर्दनाक घटना हुने गरेका छन् । यस्तै भारतमा एक दम्पतीले ११ महिने छोरीको मृत्युपछि आफ्नै घर आगँनमा खाल्डो खनेर गाडेका छन् । सानी छोरी केही दिन नदेखेपछि छिमेकीले प्रहरीलाई खबर गरिदिएका थिए ।

दम्पतीबीचको झगडामा ११ महिनाको बालकको मृत्यु भएको छ । सत्य लुकाउन साँझ नै दम्पतीले बालिकाको शव नजिकैको शवदाह गृहमा गाडे । यसैबीच कसैले प्रहरीमा उजुरी गरे । प्रहरीले चिहान खनेर बालिकाको शव निकालेर पोष्टमार्टमका लागि सिभिल अस्पतालको शवगृहमा पुराएको छ । अहिले प्रहरीले बालिकाका बाबुविरुद्ध मुद्दा दर्ता गरेको छ । प्रहरी चौकी मुन्डियानले राम नरेश नामका एक व्यक्ति मुन्डियनको शंकर कोलोनीमा रहेको गोठमा बस्ने जानकारी दिएको छ ।

श्रीमती कोमलसँग उनको अक्सर झगडा हुने गर्थ्यो । जुन २० तारिखको साँझ पनि दुवैबीच झगडा भएको थियो । राम नरेशले आफ्नी श्रीमतीबाट ११ महिनाकी बालिका रिम्झिमलाई खोसेर लैजान खोजेका थिए । त्यही क्रममा बालिका भुइँमा लडेर मृत्यु भएको बुझिएको छ । यो घटनापछि दुवैले बालिकालाई राति नै नजिकैको शमशान गृहमा गाडे । दुई दिनसम्म बालिका नदेखेपछि बेहदेका एक व्यक्तिले प्रहरीमा उजुरी गरेका थिए । कोमलको निर्देशनमा प्रहरीले घटनास्थलमा गएर बालिकाको शव गाड्ने ठाउँबाट निकालेको थियो । राम नरेश डेरीमा काम गर्छन्। मुद्दा दर्ता भएदेखि उनी फरार छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);