धनुषामा ५ बालिकाको पोखरीमा डुबेर मृत्यु, दुई जना अझै बेपता | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

धनुषामा ५ बालिकाको पोखरीमा डुबेर मृत्यु, दुई जना अझै बेपता

धनुषा । धनुषामा पौडी खेल्न गएका पाँच बालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ ।

धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिकाको बहेडाडावेला र तुल्सीयाहीको बीचमा रहेको पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मृत्यु हुने बालिकाहरु १० देखि १३ वर्ष उमेर समूहका रहेका छन् । प्रहरीले पोखरीबाट पाँच बालिकाको शव निकाले पनि दुई बालिका भने अझै बेपता छन् ।

पोखरीमा डुबेर मृत्यु हुनेमा १३ वर्षीया अन्जु पुर्वे, १२ वर्षीया लक्ष्मीनिया यादव, १२ वर्षीया चाँदनी ठाकुर, १२ वर्षीया ललीता साह तेली र १० वर्षीया चन्दा कुमारी भगत रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);