आमासँग भजन सुन्न गएकी बालिकाको डुबेर मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २ २०८१, आइतबार

आमासँग भजन सुन्न गएकी बालिकाको डुबेर मृत्यु

death body

झापा,१२ भदौ । भद्रपुरकी तीन वर्षीया निर्जला सिग्देल नालामा डुबेर मृत्यु भएको छ । भजन सुन्न आमासँगै मन्दिर गएकी बालिकाको डुबेर मृत्यु भएको हो ।

आमा भजन सुनिरहेको बेला स्थानीय केदारेश्वर मन्दिर बाहिर खेलिरहेकी निर्जला आज दिउँसो १२ बजेतिर हराएकी थिइन् । खोजतलास गर्दा उनलाई नजिकैको पक्की नालामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

शव फेला परेको स्थान घर र मन्दिरबाट पाँच सय मिटरको दूरीमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);