पोखरीमा डुबेर रुपन्देहीमा चार बालिकाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पोखरीमा डुबेर रुपन्देहीमा चार बालिकाको मृत्यु

रुपन्देही, ७ जेठ । रुपन्देहीमा नुहाउने क्रममा पोखरीमा डुबेर चारजना बालिकाको मृत्यु भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मसिना गडिदियाको नौखनिया पोखरीमा नुहाउने क्रममा डुबेर चारजना बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान नुहाउन पोखरीमा पुगेका उनीहरु पौडिन नसक्दा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।

इप्रका लुम्बिनीका प्रमुख एवं प्रहरी निरीक्षक पुरुषोत्तम रावत क्षेत्रीले दिएको जानकारीअनुसार मृत्यु हुनेमा नौ वर्षीया अविदा खातुन, १० वर्षीया साहिमा खातुन, मुदिना खातुन र १४ वर्षीया साहिया खातुन रहेका छन् । बालिकाको मृत्युपछि लुम्बिनीको मसिना गाउँ सोकमा डुबेको छ । मृतक बालिकाको शव परीक्षणका लागि भैरहवा ल्याइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);