पोखरीमा डुबेर मृत्यु हुने पाँच बालिकाको परिवारलाई प्रदेश सरकारको एक-एक लाख राहत घोषणा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पोखरीमा डुबेर मृत्यु हुने पाँच बालिकाको परिवारलाई प्रदेश सरकारको एक-एक लाख राहत घोषणा

धनुषा । धनुषामा पोखरीमा डुबेर मृत्यु भएका पाँच बालिकाको परिवारलाई प्रदेश २ सरकारले एक÷एक लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ ।

धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिकाको बहेडाडावेला र तुल्सीयाहीको बीचमा रहेको पोखरीमा बिहीबार डुबेर मृत्यु भएका ५ बालिकाको परिवारलाई प्रदेश सरकारलाई एक-एक लाख राहत दिने घोषणा गरेको हो ।

मृत्यु हुने बालिकाहरु १० देखि १३ वर्ष उमेर समूहका थिए । प्रहरीले ती पाँच बालिकाको शव पोखरीबाट निकालेको थियो ।

पौडी खेल्न जाने क्रममा पोखरीमा डुबेर मृत्यु हुनेमा १३ वर्षीया अन्जु पुर्वे, १२ वर्षीया लक्ष्मीनियायादव, १२ वर्षीया चाँदनी ठाकुर, १२ वर्षीया ललीता साह तेली र १० वर्षीया चन्दाकुमारी भगत रहेको प्रहरीले जनाएको छ।

हाल पाँचै बालिकाको शव पोष्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा राखिएको छ। मृतकका परिवारलाई भेट्न पुगेका प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले राहतको घोषणा गरेका हुन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);