दाङमा अज्ञात समूहद्धारा आधा दर्जन बढी गाडीहरुमा तोडफोड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

दाङमा अज्ञात समूहद्धारा आधा दर्जन बढी गाडीहरुमा तोडफोड

ओमप्रकाश गुप्ता,
दाङ । दाङको लमहीमा आधा दर्जन सवारी साधन माथि तोडफोड भएको छ । गएराती अज्ञात समूहले लमहीको बिभिन्न स्थानमा पार्किङ्ग गरि राखेका ति सवारी साधन माथि इट्टा र ढुंगा प्रहार गरि तोडफोड भएको छ ।

लमही स्थित हाम्रो राम्रो डेकोरेसनको रा १ ख १७५९ नम्बरको मिनी ट्रक, दिलिप जीसीको लु १ ख ९१४९ नम्बरको बस, इन्द्रमणी खनालको भे १ च २८१२ नम्बरको बोलेरो जिप माथि अज्ञात समूहले तोडफोड गरि पूर्णरुपमा क्षति पुर्याएको छ भने जैसवाल फलफूल सेन्टरका संचालक सुरेश जैसवालको डिलक्स बसमा तोडफोड गर्दा आंशिक क्षति पुगेको गरेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

राति बाह्र देखि एक बजेको बिचमा ति बदमासहरुले तोडफोड गरेछन, हामी कहाँ अबेर गरि बिहान मात्र सुचना आयो, हामी तोडफोडमा संलग्नको खोजीमा जुटी सक्या छौं, वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेल भने ।

घटनास्थलमा पुगेको प्रहरी टोलीले कति स्थानमा रोकेर राखेका गाडीमा तोडफोड भएको छ त्यो बुझेर आउला त्यसपछि प्रहरीले अनुसन्धानको काम अघि बढाउने पौडेलको भनाई छ ।

अपराधिक गतिबिधि गरि समाजमा अशान्ति मच्च्याउन खोज्नेलाई कानुनि दायरामा लिएरै छोड्ने प्रहरी निरीक्षक पौडेलले बताएका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);