रौतहटमा तीन बालिकाको डुबेर मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

रौतहटमा तीन बालिकाको डुबेर मृत्यु

RAUTAHAT

रौतहट, २७ भदौ । रौतहटको इशनाथ नगरपालिकाको बन्जरहामा तीन बालिकाको डुबेर मृत्यु भएको छ । बिहीबार दिउँसो उक्त नगरपालिकाको वडा नम्बर १ स्थित धान खेतसँगै रहेको खाल्डोमा माछा मार्न गएका उनीहरुको डबेर मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानिय बृजनन्दन यादवको १० वर्षीया छोरी किन्जल यादव, ६ वर्षीया गुन्जन यादव हिरालाल साहको ७ वर्षीया छोरी सरिता शाह रहेका छन् । बिहीबार दिउँसो ४ बजे पानी जमेको खाल्डोमा माछा मार्न गएका उनीहरु साँझ सम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा पोखरीमा डुवेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मृतक बालिकाहरुको शव पोष्ट मार्टको लागि जिल्ला अस्पतालमा राखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);