आज इन्द्रजात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक विदा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

आज इन्द्रजात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक विदा

indra jatra

काठमाडौं, २७ भदौ । वर्षा र सहकालका देवता इन्द्रको पूजाआराधना गरी इन्द्रजात्रा पर्व आज मनाइदैं छ । इन्द्रजात्रा अवलोकन गर्नका लागि पहिलोपटक ६ देशका पाँच नगरप्रमुखसहित ४८ विदेशी पाहुना बिहीबार काठमाडौँ आइसकेका छन् ।

भारत, चीन, भूटान, बङ्गलादेश, जापान र अमेरिकाबाट पाँच नगरप्रमुखसहित ४८ विदेशी प्रतिनिधि इन्द्रजात्रामा सहभागी भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । इन्द्रजात्राको अवसरमा काठमाडौं उपत्यकामा आज सार्वजनिक विदा दिइएको छ ।

धार्मिक मान्यता अनुसार स्वर्गका राजाका रुपमा रहेका ईन्द्रदेबको नाममा समर्पित ईन्द्र जात्रा पर्व शुरुको दिनमा हनुमान ढोकाको श्री कालभैरव मन्दिर परिसरमा भाद्र शुक्ल द्वादशीको शुभ साइतमा ३३ फुटे लिंगो अर्थात् ध्वजा ठड्याएपछि पर्व शुरु भएको छ । यो लिंगो जात्राको शुरुको दिनदेखि जात्रा अवधिभर प्रदर्शनमा राखी अन्तिम दिन ढालेर जात्रा समापन गरिन्छ । परम्परादेखि नै इन्द्रजात्रामा नाँचगान, रथयात्रा र देवीदेवताको पूजा गर्ने प्रचलन छ । हरेक वर्ष भाद्र शुक्लपक्ष द्वादशीका दिन इन्द्रजात्रा शुरु भई चौंथी अर्थात् विभिन्न नाँचगान गरी आठ दिनपछि समापन गरिने परम्परा छ ।

यो जात्रा हनुमानढोकामा लिंगो उठाएपछि शुरु हुन्छ । त्यसपछि जीवित देवदेवीहरू श्री कुमारी, श्री गणेश र श्री भैरवको रथ काठमाडौंको माथिल्लो र तल्लो भेगमा तान्ने, इन्द्रका आमाका रुपमा परिचित दागिं निकालिने, मरु टोलको बीचमा इन्द्रदेवलाई बाँधेर पूजा गर्ने, राति बौमत निकालिने, पुरानो काठमाडौंको सीमा क्षेत्र परिक्रमा गर्ने गरी उपाकू घुम्ने, हनुमानढोकामा अवस्थित स्वेत भैरव र इन्द्रचोकमा अवस्थित आकाश भैरवको मुखबाट पितृका नाममा रक्सीको तर्पण गर्ने जस्ता सांस्कृतिक कार्यहरू यो जात्रामा गरिन्छ । जसलाई स्थानीयले रमाइलो पर्वका रुपमा लिने गर्छन् । उपत्यकामा इन्द्रजात्राको धार्मिक तथा ऐतिहासकि महत्व देखिन्छ । यसै अवसरमा सामुहिक कुमारी पुजा पनि गरिन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);