राष्ट्रपतिद्वारा इन्द्रजात्राको अवलोकन | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

राष्ट्रपतिद्वारा इन्द्रजात्राको अवलोकन

bidhya devi bhandari

काठमाडौं, ८ असोज । राष्ट्रपति विद्या भण्डारीले इन्द्रजात्राको अवलोकन गरेकी छन् । राष्ट्रपति भण्डारीले सोमबार साँझ हनुमानढोका गद्दी बैठकमा पुगेर इन्द्रजात्राको अवलोकन गरेकी हुन् ।

त्यस अवसरमा कार्यबाहक प्रधानमन्त्री इश्वर पोखरेल, मन्त्रीहरु, संवैधानिक अंगका प्रमुखहरु पनि इन्द्र जात्रा समारोहमा सहभागी भएका थिए । इन्द्रजात्राको अवलोकन गर्नु अघि राष्ट्रपति भण्डारीले वर्षा र सहकालका देवता इन्द्रको पूजापाठ पनि गरेकी थिइन् ।

शुक्रबारबाट सुरु भएको काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो पर्व इन्द्रजात्राको मुख्य दिन आज (सोमबार) कुमारी घरबाट काठमाडौंको तल्लो टोलमा कुमारी, गणेश र भैरवको रथयात्रा पनि गरिएको छ । यसै दिन राष्ट्र प्रमुखको रुपमा राष्ट्रपतिले जात्राको अवलोकन गर्ने परम्परा रहि आएको छ ।

काठमाडौंको बसन्तपुरस्थित हनुमानढोकामा ३६ हात लामो लिंगो ठड्याएर गत शुक्रबार इन्द्रजात्राको सुरुवात गरिएको थियो । भक्तपुरको चित्तपोलबाट ल्याइएको लिंगो हुनमानढोकामा ठड्याएपछि इन्द्रजात्रा सुरु गर्ने चलन गरेको केन्द्रिय मानन्धर संघका अध्यक्ष गोपालकृष्ण मानन्धरले जानकारी दिए।

यो लिंगो गाड्ने चलन शाह वंशीय राजा प्रतापसिंह शाहको पालामा सुरु भएको मानिन्छ । सात दिनसम्म मनाईने इन्द्र जात्रामा विशेष आकर्षण मानिने पुलुकिसी र लाखेनाच पनि नाँच्ने गरिन्छ । यसै अवसर पारेर सरकारले सोमबार काठमाडौं उपत्यकामा सार्वजनिक विदा पनि दिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);