इन्द्रजात्रा पर्व मनाइयो, राष्ट्रपतिद्वारा अवलोकन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

इन्द्रजात्रा पर्व मनाइयो, राष्ट्रपतिद्वारा अवलोकन

काठमाडौं, २७ भदौ । काठमाडौंको सबैभन्दा ठूलो सांस्कृतिक पर्व इन्द्रजात्रा मनाइएको छ । राष्ट्रपति विद्या भण्डारीले शुक्रबार अपरान्ह काठमाडौंको बसन्तपुरको ग्यालरी बैठकमा पुगेर इन्द्रजात्राको अवलोकन गर्नु भएको हो ।

सो जात्रामा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पनि उपस्थिति रहेको थियो ।

जात्रामा पहिलो पटक विदेशी पाहुनाहरु पनि सहभागी भएका थिए । काठमाडौं महानगरपालिकाको निमन्त्रणमा चीन, भारत, अमेरिका, भुटान र जापानका विभिन्न सहरका मेयरहरु सहभागी भएका थिए ।

उनीहरुले पनि सो जात्राको अवलोकन गरेका हुन् । काठमाडौंको हनुमानढोका दरबारबाट सुरु भएको सो अवलोकन पदयात्रा काष्ठमण्डप, चिकँः मुगल, जैसी देवल, लगनहुँदै बसन्तपुरमा आएर समापन हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);