काठमाडौं उपत्यकामा सुरु भयो इन्द्रजात्रा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौँ, १८ भदौ । काठमाडौं उपत्यकामा आईतबारबाट इन्द्रजात्रा सुरु भएको छ ।

 

काठमाडौंको बसन्तपुरस्थित हनुमानढोकामा ३६ हात लामो लिंगो ठड्याएर इन्द्रजाताको सुरुवात गरिएको हो । भक्तपुरको चित्तपोलबाट ल्याइएको लिंगो हुनमानढोकामा ठडयाएपछि इन्द्रजात्रा सुरु हुने केन्द्रीय मानन्धर संघका अध्यक्ष गोपालकृष्ण मानन्धरले जानकारी दिनुभयो । लिंगो ठड्याउने चलन शाह वंशीय राजा प्रतापसिंह शाहको पालाबाट सुरु भएको मानिन्छ । इन्द्र जात्रा सुरु भएसँगै यसको विशेष आकर्षण मानिने पुलुकिसी र लाखेनाच पनि सुरु भएको छ ।

 

एक सातासम्म चल्ने इन्द्र जात्राको मुख्य दिन आगामी मंगलबार कुमारी घरबाट काठमाडौंको तल्लो टोलमा कुमारी, गणेश र भैरवको रथ यात्रा गर्ने गरिन्छ । सोही दिन राष्ट्रप्रमुखको रुपमा राष्ट्रपतिले जात्रा अवलोकन गर्ने परम्परा छ । यसै अवसरमा केन्द्रीय मानन्धर संघले पहिलो पटक ६४ जना कन्याको पूजा पनि गरेको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);