राष्ट्रपति भण्डारीद्वारा इन्द्रजात्रा अवलोकन | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

राष्ट्रपति भण्डारीद्वारा इन्द्रजात्रा अवलोकन

काठमाडौं, २० भदौ । राष्ट्रपति विद्या भण्डारीले इन्द्रजात्राको अवलोकन गरेकी छन् । राष्ट्र प्रमुखको रुपमा राष्ट्रपति भण्डारीले काठमाडौंको बसन्तपुरमा पुगेर मंगलबार इन्द्रजात्राको अवलोकन गरेकी हुन् । सो अवसरमा कुमारी, गणेश र भैरवको रथ यात्रा पनि निकालिएको छ ।

 

इन्द्रजात्राको मुख्य दिन मंगलबार सरकारले उपत्यकामा सार्वजनिक विदा समेत दिएको छ । आईतबारबाट सुरु भएको इन्द्रजात्रा ८ दिनसम्म मनाईन्छ ।

 

काठमाडौंको बसन्तपुरस्थित हनुमानढोकामा ३६ हात लामो लिंगो ठड्याएर इन्द्रजात्राको सुरुवात गरिएको थियो । भक्तपुरको चित्तपोलबाट ल्याइएको लिंगो हुनमानढोकामा ठड्याएपछि इन्द्रजात्रा सुरु गर्ने चलन रहेको केन्द्रिय मानन्धर संघका अध्यक्ष गोपालकृष्ण मानन्धरले जानकारी दिए ।

 

यो लिंगो गाडने चलन शाह वंशीय राजा प्रतापसिंह शाहको पालादेखि सुरु भएको मानिन्छ । इन्द्र जात्रा सुरु भएसँगै यसको विशेष आकर्षण मानिने पुलुकिसी र लाखेनाच पनि सुरु हुन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);