प्रदेश नम्बर २ मा पहिलो शक्ति बन्ने एमालेको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

काठमाडौं, २० भदौ । एमालेका महासचिव ईश्वर पोखरेलले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी पहिलो शक्ति बन्ने दाबी गरेका छन् ।

 

प्रदेश नम्बर २ मा पनि एमालेको सशक्त उपस्थिति रहेको र एमाले नेतृत्वको सरकारले मधेशका जनताको पक्षमा विभिन्न कार्यक्रम संचालन गर्नु नै पार्टी पहिलो शक्ति बन्ने मुख्य आधार भएको उनको भनाई छ ।

 

पार्टीको तर्फबाट प्रदेश नम्बर २ को उम्मेदवार घोषणा गर्न काठमाडौंस्थित पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले बुधबारबाट प्रदेश नम्बर दुईको चुनावी अभियानलाई तीव्रता दिने स्पष्ट पारे ।

 

उनले पार्टीका उम्मेदवारहरुमाथि ज्यान मार्नेसम्मको धम्की आउने गरेको उल्लेख गर्दैै उनीहरुको जीवन रक्षा गर्न सरकारसँग माग गरेका छन् ।

 

महासचिव पोखरेलले सरकार र सत्तारुढ काँग्रेस-माओवादी केन्द्रले खुलेआम निर्वाचन आचारसंहिता उलंघन गर्दा समेत निर्वाचन आयोग मौन बसेको आरोप लगाए ।

 

उनले प्रहरी प्रशासनको सरुवा, बढुवा, जनतालाई प्रलोभन दिने खालका निर्वाचन आचारसंहिता विपरितका गतिविधि सत्तारुढ दलका शिर्ष नेतृत्वबाट भईरहँदा पनि उनीहरुमाथि कार्वाही नगरेकोमा निर्वाचन आयोगप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

 

कार्यक्रममा एमालेले वीरगंज महानगरपालिकासहित प्रदेश नम्बर २ अन्तरगतका मुख्य-मुख्य स्थानमा उम्मेदवार घोषणा गरेको छ । बाँकि केही स्थानमा बुधबार विहानसम्म उम्मेदवार तय भईसक्ने महासचिव पोखरेलले जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);