प्रदेश नं २ को निर्वाचनमा पहिलो शक्ति बन्ने राजपाको दाबी | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

प्रदेश नं २ को निर्वाचनमा पहिलो शक्ति बन्ने राजपाको दाबी

काठमाडौ, ९ भदौ । तेस्रो चरणको निर्वाचनमा भाग लिने औपचारिक निर्णय लिएको राष्ट्रिय जनता पार्टी, नेपालले प्रदेश नं २ को स्थानीय तह निर्वाचनमा पहिलो शक्ति बन्ने दावी गरेको छ ।

 

पार्टीका नेता केशव झाले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा पहिलो शक्ति बन्नेगरी तयारी भइरहेको जानकारी दिए । पार्टीले निर्वाचनलाई केन्द्रित गरेर जनकपुरमै सम्पर्क कार्यालय स्थापना गर्ने तयारी गरेको उनले बताए ।

 

६ सदस्यीय चुनावी घोषणा पत्र मस्यौदा समिति

 

नेता झाले निर्वाचनलाई केन्द्रित गरेर प्रचार-प्रसार समिति र आर्थिक समिति निर्माण गर्न लागेको जानकारी दिए । राष्ट्रिय जनता पार्टी, नेपालले प्रदेश नम्बर २ को निर्वाचन प्रयोजनका लागि शुक्रबार घोषणा पत्र मस्यौदा समिति पनि बनाएको छ ।

 

पार्टीका नेताहरु जितेन्द्र सोनल, मनिष सुमन, केशव झा, हरेन्द्र यादव, सिपी सिंह र कौशलेन्द्र मिश्र रहेको ६ सदस्यीय चुनावी घोषणा पत्र मस्यौदा समिति बनाएको हो । समितिलाई ५ दिन भित्र घोषणा पत्र तयार पारी पार्टी पार्टीलाई बुझाउने कार्यादेश दिइएको पनि नेता झाले बताए।

 

राष्ट्रिय जनता पार्टीले स्थानीय तह निर्वाचनको उम्मेदवारी चयन गर्न प्रदेश नम्बर २ को सबै जिल्लामा केन्द्रिय प्रतिनिधि नै खटाएको छ । आगामी असोज २ गते प्रदेश नम्बर २ अन्तरगतको १ सय ३६ वटा स्थानीय तहमा निर्वाचन हुँदैछ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);