नेता गाउँ नपुग्दा स्थानीय तहको निर्वाचनमा हारियो : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

नेता गाउँ नपुग्दा स्थानीय तहको निर्वाचनमा हारियो : प्रचण्ड

सुर्खेत, ९ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले पार्टीका नेता गाउँ नपुग्दा स्थानीय तहको निर्वाचनमा हार्नुपरेको बताएका छन् । पार्टीको प्रदेश नं ६ को प्रशिक्षण कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका अध्यक्ष प्रचण्डले पत्रकारसँग कुराकानी गर्दै यस्तो बताएका हुन् ।

 

माओवादी केन्द्रले हार्नुपर्ने जति हारिसकेकाले अब हार्नुपर्ने ठाउँ नभएको उनले उल्लेल गरे । ‘संगठन परिचालनमा कमजोरी भएकाले स्थानीय तहको निर्वाचनमा हारियो, ‘अब हार्नु पर्ने कुनै कारण छैन’ उनले भने ।

 

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिले मात्र मुलुकमा राजनीतिक स्थिरता दिनसक्ने भएकाले कार्यकारी राष्ट्रपतिको व्यवस्था हुनुपर्नेमा उनले जोड दिए । संविधान संशोधन विधेयक संसद्बाट अस्वीकृत भएकाले तत्काल संविधान संशोधन प्रस्ताव पुन: संशोधनका लागि नलगिने उनले स्पष्ट पारे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);