प्रधानमन्त्री देउवाले दिएको अभिव्यक्तिले देशको शीर निहुरियो : ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

प्रधानमन्त्री देउवाले दिएको अभिव्यक्तिले देशको शीर निहुरियो : ओली

काठमाडौं, ९ भदौ । एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिले देशको शीर निहुँरिएको टिप्पणी गरेका छन् ।

 

अध्यक्ष ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहितको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले दिएको अभिव्यक्ति लज्जाजनक रहेको र त्यसले सार्वभौम संसदको धज्जी उडाएको दावी गर्दै आपत्ति प्रकट गरेका छन् ।

 

विहिबार भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले तत्काल संविधान संशोधन हुन नसके पनि संविधानको स्विकार्यता बढाउन आफू लागि पर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

 

अध्यक्ष ओलीले प्रधानमन्त्रीको सो भनाई लज्जाजनक रहेको र त्यसले संसदको निर्णयको समेत धज्जी उडाएको प्रतिक्रिया दिए । प्रधानमन्त्रीको सो अभिव्यक्ति असान्दर्भिक भएको र त्यसले राष्ट्रको स्वाभिमानलाई बेवास्ता गरेको ओलीले आरोप लगाए ।

 

ओली बैंकक प्रस्थान
अध्यक्ष ओलीले प्रधानमन्त्री देउवाले भारत भ्रमणका क्रममा गरेको उच्चस्तरीय भेटवार्ता, हाउभाउ र विषयबस्तुको प्रस्तुति लज्जाजनक भएको टिप्पणी गरे । शुक्रबार आफ्नो स्वास्थ्यको नियमित परिक्षणका लागि बैंकक प्रस्थान गर्नु अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुसँग संक्षिप्त कुराकानी ओलीले यस्तो बताएका हुन् ।

 

प्रधानमन्त्री देउवाले क्षमायाचनाको भाषामा संविधान संशोधन विधेयक पारित गराउन नसकेको प्रतिक्रिया भारतीय प्रधानमन्त्री मोदी समक्ष दिएर नेपालको स्वाभिमानमाथि नै गम्भीर ठेस पुर्याएको बताए ।

 

अध्यक्ष ओलीले बाढी, पहिरो र डुबान पीडितको राहत, उद्धार र पुनस्र्थापनाको कामलाई अझै प्रभावकारी बनाउन सरकारको पुनः ध्यानाकर्षण गराए । उनले पीडितलाई राहत दिने काममा पार्टीले सरकारलाई सक्दो सहयोग गरिरहेको बताए । अध्यक्ष ओलीले पीडितलाई राहत दिन पार्टीले स्थलगत रुपमै पनि पार्टीका नेता, कार्यकर्तालाई परिचालन गरिरहेको जानकारी दिए ।

 

१ करोड रकम सरकारलाई हस्तान्तरण
एमालेले बाढि, पहिरो र डुबान पीडितलाई राहत दिन पार्टीका सांसदहरुको एक महिनाको तलव वापत जम्मा भएको करिव १ करोड रकम सरकारलाई हस्तान्तरण गरिसकेको छ । अध्यक्ष ओलीलाई विदाई गर्न कार्यबहाक अध्यक्ष बामदेव गौतम, एमाले संसदीय दलका उपनेता सुवाष नेम्वाङलगायतका नेताहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए । अध्यक्ष ओली स्वास्थ्य परिक्षणका क्रममा एक साता बैंकक बस्नेछन् ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);