'प्रधानमन्त्रीको अभिव्यक्तिले पदको मर्यादा र गरिमालाई कायम राख्न सकेन' | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाडौं, २६ बैशाख । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री ओलीको अभिव्यक्तिले आफ्नै पदको मर्यादा र गरिमालाई समेत कायम राख्न नसकेको आरोप लगाउनु भएको छ ।

बिहीबार पार्टीको राष्ट्रिय जागरण अभियानबारे जानकारी दिन पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले प्रधानमन्त्री ओलीका हालसम्मका अभिव्यक्ति, वक्तव्य, अन्तरवार्ता सबैलाई हेर्ने हो भने त्यसमा आम जनतालाई, संसदलाई र आफ्नै पार्टीका कार्यकर्तालाई समेत अपमान गरेको दावी गर्नु भयो ।

उपसभापति निधिले प्रधानमन्त्री ओलीले संघीय संसद अन्तरगतको प्रतिनिधिसभाको बैठकमा गत २४ गते मंगलबार दिनु भएको अभिव्यक्ति संसदीय मर्यादा विपरित रहेको उल्लेख गर्दै आपत्ति पनि जनाउनु भयो । उहाँले प्रधानमन्त्रीको सो गैर संसदीय भाषा डिलिट गर्ने संसारभरको चलनलाई सभामुखले कार्यान्वयनमा नल्याएको भन्दै असन्तुष्टि पनि व्यक्त गर्नु भयो ।

उपसभापति निधिले प्रधानमन्त्री ओलीलाई आफूले प्रधानमन्त्रीको रुपमा दिएको अभिव्यक्ति मर्यादित भए÷नभएको ठण्डा दिमागले सोच्न पनि आग्रह गर्नु भयो । प्रधानमन्त्री ओलीले गत बैशाख २४ गते मंगलबार संघीय संसदमा सरकारको नीति तथा कार्यक्रममाथि गरिएको पुरक प्रश्नको जवाफ दिने क्रममा ‘निम्छरो’ प्रश्न सोधेको टिप्पणी गर्नु भएको थियो । प्रधानमन्त्री ओलीको सो अभिव्यक्तिमा गैर संसदीय भाषा प्रयोग गरिएको भन्दै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले आपत्ति जनाउँदै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);