कांग्रेस मुलुकलाई हिन्दु राज्य नामाकरण गराउने पक्षमा छैन : विमलेन्द्र निधि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

कांग्रेस मुलुकलाई हिन्दु राज्य नामाकरण गराउने पक्षमा छैन : विमलेन्द्र निधि

काठमाडौं, १९ भदौ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले आफ्नो पार्टी राज्यलाई हिन्दु राज्य नामाकरण गराउने पक्षमा नरहेको स्पष्ट पार्नु भएको छ ।

पार्टीका महामन्त्री डा. शशांक कोइरालाले हिन्दु राज्यको पक्षमा वकालत गरिरहेका बेला उपसभापति निधिले हिन्दु राज्य नामाकरण गराउने पक्षमा आफ्नो पार्टी नरहेको प्रष्टयाउनु भएको हो ।

बिहीबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलन बोल्दै उहाँले संविधान निर्माणको नेतृत्वको गरेको आफ्नो पार्टी धर्म निरपेक्ष राज्यको मान्यतालाई स्विकार गरेर अघि बढिरहेको पनि स्मरण गराउनु भयो ।

उहाँले नेपाली काँग्रेसको चार तारे झण्डाको एउटा मान्यता धार्मिक स्वतन्त्रता भएको र धर्म निरपेक्षता पनि त्यसैको परिपूरक भएकाले काँग्रेस सोही मान्यतामा अडिग रहेको पनि तर्क गर्नु भयो । उपसभापति निधिले राज्यलाई हिन्दु राज्य नामाकरण गराउने मान्यतामा काँग्रेस नरहेको पटक–पटक दोहो-याउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);