धर्म निरपेक्ष राष्ट्रको विषयमा निर्णय लिन जनमत संग्रह गर्न शशांकको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८३, सोमबार

धर्म निरपेक्ष राष्ट्रको विषयमा निर्णय लिन जनमत संग्रह गर्न शशांकको माग

sashank koirala

काठमाडौं, ७ मंसिर । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले हिन्दु धर्मको पक्षमा वकालत गरेका छन्  । महामन्त्री कोइरालाले आफू हिन्दु धर्मको पक्षमा रहेको उल्लेख गर्दै मुलुकलाई धर्म निरपेक्ष राष्ट्र बनाउने कि नबनाउने भन्ने विषयमा निर्णय लिन जनमत संग्रह गर्न सरकारसँग माग समेत गरे  ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले हिन्दु धर्मलाई सबैभन्दा उत्कृष्ट धर्मको रुपमा चित्रण समेत गरे  । महामन्त्री कोइरालाले हिन्दु धर्मले सबैलाई स्वतन्त्र बनाउने उल्लेख गर्दै त्यस सम्बन्धमा जनताको राय लिन पनि जनमत संग्रहमा जानुको विकल्प नरहेको पनि स्पष्ट पारे ।

महामन्त्री कोइरालाले हिन्दु धर्मले भगवान आफै भित्र खोज्न भनेको उल्लेख गर्दै धर्मलाई निरपेक्ष वा सापेक्षताको आँखाले हेर्न नहुने तर्क पनि गरे । संवैधानिक व्यवस्था अनुसार मुलुक धर्म निरपेक्ष राष्ट्र हो । तर त्यस सम्बन्धमा जनताले आफ्नो निर्णय लिन जनमत संग्रहमा जान उपयुक्त हुने काँग्रेस महामन्त्री कोइरालाको धारणा छ ।

ताजा समाचार