हिन्दु राष्ट्र पुन:स्थापनाका लागि राप्रपाकाे राष्ट्रिय जनजागरण अभियान सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

आगामी फागुन ७ गतेदेखि हिन्दु राष्ट्र पुन:स्थापनाका लागि निर्णायक संघर्ष गर्ने

काठमाडौं, २ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र पुन:स्थापना राष्ट्रिय जनजागरण अभियान सुरु गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बुधबार काठमाडौंमा एक कार्यक्रमकाबीच हिन्दु राष्ट्र पुन:स्थापना राष्ट्रिय जनजागरण अभियानको शुभारम्भ गरेका हुन् ।

हिन्दु धर्मका गुरुहरुको उपस्थितिमा शुभारम्भ गरिएको सो अभियानले आगामी फागुन ७ गतेदेखि हिन्दु राष्ट्र पुन:स्थापनाका लागि निर्णायक संघर्ष गर्ने चेतावनी दिए । अभियानको शुभारम्भ गर्दै अध्यक्ष थापाले हिन्दु धर्म आम नेपालीको साझा पहिचान र संस्कृति भएकाले त्यसको रक्षाका लागि राष्ट्रिय अभियान नै संचालन गर्नु परेको स्पष्ट पारे ।

उनले आफूहरुको अभियान सरकार र कुनै पनि धर्म विशेषप्रति लक्षित नरहेकोे बताए । करिव ९४ प्रतिशत सनातन धर्मका अनुयायी नेपालीहरुको पहिचान जोगाउन पार्टीले हिन्दु राष्ट्र पुन:स्थापनाको कामलाई जोड दिएको अध्यक्ष थापाको तर्क छ ।

अध्यक्ष थापाले विदेशीको इशारामा नेपाललाई हिन्दु राष्ट्रबाट हटाउने निर्णय लिएको भन्दै आक्रोश व्यक्त गरे । उनले मुलुकलाई धर्म निरपेक्ष राष्ट्र बनाउने निर्णय खारेज गर्न संविधान संशोधनको प्रस्ताव ल्याउन पनि सरकारसँग माग गरे।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);