धर्मनिरपेक्षता खारेज गरी हिन्दूराष्ट्र कायम गर्न राप्रपाको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

धर्मनिरपेक्षता खारेज गरी हिन्दूराष्ट्र कायम गर्न राप्रपाको माग

raprapa-kamal thapa

काठमाडौं, ५ फागुन । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्न सरकारसँग माग गरेको छ ।

अध्यक्ष थापाले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संविधानमा रहेको धर्म निरपेक्षता तत्काल खारेज गरी पूर्ण धार्मिक स्वतन्त्रतासहित हिन्दु राष्ट्र घोषणा गर्न सरकारसँग माग गरेका हुन् । उनले राजसंस्थासहितको सबै राजनीतिक शक्तिहरु अटाउने मौलिक प्रजातन्त्र कायम गर्न अविलम्ब सर्वपक्षीय गोलमेच सम्मेलन गर्न सरकारसंग आग्रह समेत गरे।

पार्टीले संघीयताबारे जनमत बुझ्न राष्ट्रिय जनमत संग्रह गर्नुपर्ने लगायतका २२ बूँदे माग सरकारसँग राखेको छ । ती मध्ये तत्काल गर्नुपर्ने माग पूरा नभए चैत्रको पहिलो हप्ताबाट सरकारविरुद्ध संघर्ष गर्ने अध्यक्ष थापाले चेतावनी दिए । उनले सरकारलाई माग तत्काल पूरा गराउन दवाव दिन फागुन ७ गतेबाट जनसंघर्षको कार्यक्रम सुरुवात गर्ने घोषणा गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले यस अघि पनि पटक पटक हिन्दु राष्ट्र स्थापना गर्नुपर्ने अडान राख्दै आएको थियो । अध्यक्ष थापाले मुलुकमा हिन्दु राष्ट्र पुर्नस्थापनाका लागि सरकारलाई दवाव दिन फागुन १५ बाट चैत्र १ गतेसम्म ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ सुरु गर्ने जानकारी दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);