राप्रपा अध्यक्ष कमल थापको माग : निर्वाचनमा जानुनै उत्तम बिकल्प | ईमाउण्टेन समाचार

Our Network

जेठ २० २०८३, बिहीबार

राप्रपा अध्यक्ष कमल थापको माग : निर्वाचनमा जानुनै उत्तम बिकल्प

कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दलहरुलाई चुनावमा जोड दिएका छन् । अध्यक्ष थापाले शुक्रबार सामाजिक सञ्जालमार्फ संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीमा आज परेका दुवै दाबी किर्ते भएको भन्दै त्यसलाई खारेज गरी चुनाव घोषणा गर्न माग गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत थापाले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको दाबीमा विश्वासको मत प्राप्त गर्ने आधार नरहेको उल्लेख गरेका हुन् । अध्यक्ष थापाले राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीका लागि पेश गरेका दाबी किर्ते भएको भन्दै खारेज गरी संविधान बमोजिम चुनाव घोषणा गर्न माग गरेका छन् ।ओलीले १ सय ५३ सांसदको समर्थन आफूलाई रहेको दाबी पेश गरेका छन् भने देउवाले १ सय ४९ जनाको हस्ताक्षरसहित दाबी गरेका छन् ।

उनले सामाजिक संञ्जालमा यस्तो लेखेका छन् ‘दुवै जाली/किर्ते हुन्, दुवै खारेज गरी संविधान बमोजिम चुनाव घोषणा होस्’, थापाले लेखेका छन्, यिनीहरुले संघीय गणतन्त्रलाई गाईजात्रामा परिणत गरे, लोकतन्त्रको नाममा ब्रम्हलुट गरे, अब जनतालाई विकल्प खोज्ने अवसर दिनुपर्छ ।’

Leave a Reply