राजसंस्थाबारेमा गोलमेच सम्मेलन गर्नुपर्ने कमल थापाको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

राजसंस्थाबारेमा गोलमेच सम्मेलन गर्नुपर्ने कमल थापाको माग

वीरेन्द्रनगर, २४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले १२ वर्षको राजनैतिक परिवर्तनमा जनताले अनुभव गर्नेगरी केही पनि काम हुन नसकेको बताएका छन् । मेचीमहाकाली राष्ट्रिय स्वाभिमान यात्राका क्रममा शुक्रबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर आएका थापाले पत्रकार सम्मेलन गर्दै मुलुकमा नयाँ ढंगबाट नयाँ माओवादी जन्मिएको दाबी गरे ।

उनले धर्म निरपेक्षता र संघीताकोबारेमा नयाँ तरिकाले छलफल गर्न सरकारलाई आग्रह गरे । अध्यक्ष थापाले राजसंस्थासहितको लोकतन्त्र मुलुकलाई आवश्यक भएको उल्लेख गरेका छन् । अध्यक्ष थापाले बर्तमान राजनैतिक परिवेश अनुसार राजसंस्थाको बारेमा गोलमेच सम्मेलन गरेर अगाडी बढ्न आवश्यक भएको बताए ।

उनले नेपाल र भारतबीच भएको १९५० को सन्धीलाई खारेज गरेर नयाँ सन्धीको बारेमा छलफल गर्नु पर्ने आवश्यकता पनि औल्याए । उनले नेपाली भूमि लिपुलेक कालापानी फिर्ताको लागी सरकारले पहल गर्नुमा समेत जोड दिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);