पिउने पानीको हाहाकार भएपछि आकासे पानी जम्मा गरेर आबश्यकता टार्दै | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

पिउने पानीको हाहाकार भएपछि आकासे पानी जम्मा गरेर आबश्यकता टार्दै

akase pani jamma

गोपाल पोखरेल

उदयपुर, २४ फागुन । उदयपुरको त्रियुगा नगरपालिकाको वडा नं. १४ मा पिउने पानीको हाहाकार भएपछि स्थानीयले विकल्प खोजेका छन् । वर्षाैदेखि पिउने पानीको समस्या समाधान नभएपछि स्थानीयले आकाशे पानीलाई टैँन्कीमा जम्मा गरी पानीको आवश्यकता टार्ने गरेका छन्

त्रियुगा नगरपालिकाको नेपानेकी नन्दमाया मगरको घर अगाडी बनाइएको पानी संकलन गर्ने ट्यांकी हेर्दा जो कोही भुक्किने गर्छन् । देख्ने जो कोही अन्न संकलनका लागि बनाइएको भकारी संझन्छन् । तर उनले घरको धुरीबाट झरेको पानी संकलनका लागि यस्तो सिमेण्टको ट्यांकी बनाएकी हुन् । खानेपानीको चरम अभाव भएपछि स्थानीयले झण्डै १२ वर्ष अघिदेखि यसरी पानीको गर्जाे टार्दै आएका छन् ।

गाउँमा उनका जस्तै २३ ओटा घरको छानामा आकाशबाट झरेको पानी संकलन गर्ने ट्यांकी बनाएका छन् । जसलाई स्थानीयले ‘घैँटे पानी संकलन प्रविधि भन्ने गर्दछन् । आकाशबाट घरको छानोमा झरेको पानी पाईपबाट घैंटोमा संकलन गर्ने गरिन्छ । छानोमा दर्किएको पानी छेउमा पाईप राखेर सिधै घैँटोमा जम्मा हुने गर्दछ ।

पानीका लागि ३ घण्टाको पैदल यात्रा गर्नु पर्ने भएपछि त्यहाँका २३ घरले यहीँ प्रविधिबाट आकाशको पानी जम्मा गरेर धान्दै आएका छन् । कर्कट पाताले छाएका सबै घरको पानीको मुख्य स्रोत नै खिया लागेको कर्कटपाताबाट बगेको पानी नै भएको छ । घैँटोको क्षमता २ हजार लिटर छ । जुन पानी स्थानीयले सम्पूर्ण घरायसी काममा प्रयोग गर्दै आएका छन् ।

छिमेकी वडा नं १५ को कोप्चे र सिमखेत धाएर अहिले पनि पानी ल्याउनु पर्ने बाध्यता उनीहरुमा छ । केही वर्ष अघि नेपानेमा खानेपानीको धारा निर्माण भएपनि धाराको पानीले पुग्दैन । त्यसैले पनि उनीहरुले घरायसी कामका लागि घंैटोको पानी प्रयोग नगरि हुँदैन ।

आफ्नो प्राण जोगाउन खिया लागेको कर्कट पाताको पानी र महिनौ दिनसम्म एकै ठाउँमा जम्मा गरेको पानी पिउन बाध्य हुनुपरेको गाउँले बताउँछन् । ७-८ वर्षअघि धारा निर्माणका लागि राष्ट्रिय योजनामा परे पनि योजना नै असफल भएपछि पानीको अभाव भएको गाउँलेको भनाई छ । वडा नं १५ को पँधेरीलाई मुहान बनाएर ल्याउन सके मात्र योजना सफल हुने उनीहरु बताउँछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);