ताजा जनादेशमा जानु नै उपयुक्त विकल्प : कमल थापा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

ताजा जनादेशमा जानु नै उपयुक्त विकल्प : कमल थापा

भैरहवा, २१ फागुन । सर्वोच्च अदालतलको फैसलाबाट प्रतिनिधि सभा पुनः स्थापना भएपछि देशमा सांसदहरु किनबेच गर्ने अपवित्र गठबन्धन गर्ने परम्परा सुरुवात भएको राप्रपाका अध्यक्ष कमल थापाले बताएका छन् ।

भैरहवामा राष्ट्रिय प्रजातन्त्र पार्टीले गरेको पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले अस्थीरता र अराजकताको अभ्यास हुन लागेको बताएका हुन्। सोही कारण प्रजातान्त्रिक पद्धतीका लागि ताजा जनादेशमा जानु उपयुक्त हुने उनको भनाई छ ।

यस्ता गतिविधिबाट अघि बढ्नुको सट्टा ताजा जनादेश र नयाँ चुनावमै जानु उपयुक्त बाटो भएको थापाको दावी छ । ताजा जनादेशमा जानु सबैभन्दा उपयुक्त हुने बताउँदै पूर्व उप प्रधानमन्त्री समेत रहेका थापाले लोकतन्त्रको रक्षाको निम्ती नयाँ चुनावमै देश जाँदा देशको लागि हितकर हुने बताए ।

नेपाल कम्युनिष्ट पार्टीले जनतालाई धोका दिएको हुँदा जनताकोबीच जानु नै सबैभन्दा उपयुक्त विकल्प नै मध्यवधि चुनाव भएको थापाले बताए । राप्रपाका जिल्ला उपाध्यक्ष अजय गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व मन्त्री दिपक बोहोरा लगायतको उपस्थीति रहेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);