छोरी र भतिजाको नै साथ पाएनन् कमल थापाले, अझै लिङ्देन नेतृत्वको राप्रपा केन्द्रीय सदस्य   | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

छोरी र भतिजाको नै साथ पाएनन् कमल थापाले, अझै लिङ्देन नेतृत्वको राप्रपा केन्द्रीय सदस्य  

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेर नेपाल प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल)मा अध्यक्षको जिम्मेवारी सम्हालेका कमल थापालाई पारिवारिक सदस्यले नै औपचारिक रूपमा अझै साथ दिएका छैनन् ।

गत १५–१७ मंसिरमा महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र शाह र निर्मल निवासको सचिवालयले ‘हस्तक्षेप गरेको’ र सो घटनामा अध्यक्ष राजेन्द्र लिङदेनले छलफल ‘नचलाएको’ भन्दै असन्तुष्ट थापाले पार्टी परित्याग गरे पनि नयाँ पार्टीका लागि पारिवारिक सदस्यका छोरी र भतिजाले नै साथ नदिएका हुन् ।

गत महाधिवेशनवाट केन्द्रीय सदस्य निर्वाचित छोरी प्रतिष्ठा रायमाझी थापा र भतिजा अभिषेक थापाले लिङ्देन नेतृत्वको राप्रपाबाट अझै राजीनामा दिएका छैनन्, राजिनामा नदिएका कारण छोरी र भतिजा अझै पनि लिङ्देन नेतृत्वको राप्रपाका केन्द्रीय सदस्यको जिम्मेवारीमा कायमै छन् ।

‘ठूलो बुबा (कमल थापा) ले नयाँ पार्टीका जिम्मेवारी लिए पनि हामीले औपचारिक रूपमा राप्रपा छाडेका छैनाैँ । राप्रपामा हाम्रो माग सम्बोधन गराउनका लागि अझै दबाब दिने र आफ्ना धारणा राख्ने भन्नेमा नै छौं,’ अभिषेकले भने, ‘भोलिदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा सम्भव भएसम्म उपस्थित हुने र आफनो धारणा राख्नेबारेमा गृहकार्य गरिरहेका छौं ।’ 

उनका अनुसार भोलिदेखि सुरु हुने राप्रपा केन्द्रीय समिति बैठकमा उपस्थिति हुने नहुनेदेखि धारणा राख्नेबारेमा औपचारिक निर्णय भने अझै भइसकेको छैन । यसैगरी, थापाको प्यानलवाट विजयी भएका उपाध्यक्ष बुद्धीमान तामाङ, रोशन कार्की, धु्रबहादुर प्रधान, महामन्त्रीद्वय कुन्ती शाही र भुवन पाठकलगायतले उनलाई ‘नैतिक समर्थन’ जनाए पनि राप्रपा भने अझै परित्याग गरिसकेका छैनन् । 

यसबारेमा थापाले शीर्ष नेतृत्वसँग आजै अनौपचारिक कुराकानी गर्ने बुझिएको छ । महाधिवेशनमा पराजित भएका थापाले गत २५ माघ गते लिङ्देन नेतृत्वको पार्टी परित्याग गरी राप्रपा नेपालको अध्यक्षको जिम्मेवारी सम्हालिसकेको दुई साता नाघिसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);