पशुपतिनाथमा नेपाली पुजारी राख्न ठूलो आँट र साहस चाहिन्छः गोपाल किराँती | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पशुपतिनाथमा नेपाली पुजारी राख्न ठूलो आँट र साहस चाहिन्छः गोपाल किराँती

काठमाडौं । माओवादी कम्युनिस्ट पार्टी नेपालका संरक्षक गोपाल किरातीले पशुपतिनाथ मन्दिरमा नेपाली पुजारी राख्न ठूलो आँट र साहस चाहिने बताएका छन् । सानो प्रयासले पशुपतिनाथमा भारतीय पुजारी हटाएर नेपाली पुजारी राख्न नसकिने उनको भनाइ छ ।

२०६५ सालमा पुष्पकमल दाहाल प्रचण्ड सरकारका तत्कालीन संस्कृतिमन्त्रीसमेत रहेका किरातीले पशुपति मन्दिरमा नेपाली पुजारी नियुक्ति गर्दा विवाद भएको थियो । त्यतिबेला किरातीले पशुपति क्षेत्र विकास कोषको सदस्यसचिवमा परमानन्द शाक्यलाई नियुक्त गरेपछि भारतीय मूलका मूल भट्ट महाबलेश्वरले राजीनामा दिएका थिए ।

आफूलाई काम गर्न अप्ठेरो परेको कारण देखाउँदै भट्ट बाहिरिएका थिए । उनले राजीनामा दिएपछि मन्दिरका अन्य दुई जना पुजारीले पनि राजीनामा दिएका थिए । पुजारीहरूले राजीनामा दिएको दुई महिनापछि सरकारले पशुपतिनाथको मूल पुजारीमा नुवाकोटका डा.विष्णुप्रसाद दाहाललाई नियुक्त गरेको थियो । तर उक्त नियुक्तिको व्यापक विरोध हुनुका साथै मन्दिरको पूजाआजा पनि अवरुद्ध भएको थियो । माओवादी कम्युनिस्ट पार्टी नेपालको संरक्षक किरातीले नेपालीले नै नेपाली पुजारीको विरोध गर्दा भारतीय पुजारीले स्थान पाएको बताए । 

‘आफ्नै देशमा योग्य पुजारी हुँदाहुँदै भारतबाट झिकाउनुपर्ने अवस्था आउनु दुखद हो साथै पशुपति क्षेत्र विकास ऐन २०४५ विपरीत पुजारी नियुक्ति भएको छ । पशुपती क्षेत्र विकास सञ्चालक परिषदको पदेन सदस्य नेपाली नागरिक हुनुपर्ने ऐनमा व्यवस्था भएको स्थानमा भारतीयलाई ल्याएर राख्दा म संस्कृतिमन्त्री हुँदा विरोध गरेको थिए । तर नेपालीलाई नियुक्ती गर्दा नेपाली जनताले नै विरोध गरे,’ किरातीले भने, ‘म कम्युनिस्ट हुँ पूजाआजा र धर्म मान्दिनँ, तर आस्था राख्ने नेपालीले आफ्नै देशको पुजारीलाई मन्दिरमा देख्न पाउन् भन्ने मेरो उद्देश्य थियो, तर विरोध भयो र भारतीय पुजारीकै निरन्तरता छ ।’ पशुपति मन्दिरलाई भारतीय सांस्कृतिक उपनिवेशको अखडा बनाइएको किरातीको आरोप छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);