पुजारी हत्या अभियोगमा २ जना भारतबाट पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पुजारी हत्या अभियोगमा २ जना भारतबाट पक्राउ

pakrau

रौतहट , १७ भदौ । रौतहटका पुजारी श्रीराम साहको हत्याको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको माधवनारायण नगरपालिका वडा नं।२ खेसरहियामा पुजारी श्रीराम साहले आँफैले निर्माण गरेको मन्दिरमा स्वएंम् पुजारी थिए । संध्याकालिन आरती सकेर बेलुकीको खाना खाईरहेको अवस्थामा उनको कन्चटमा गोली हानेर हत्या गरिएको थियो । उनकै हत्यामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा रामनरेश पटेल र बाल कुमार पटेललाई प्रहरीले आफ्नों नियन्त्रणमा लिएको छ । भारतको बिहार पुलिसको सहयोगमा उनीहरुलाई भारतबाटै पक्राउ गरेर प्रहरीले रौतहट ल्याएको छ । सादा पोषाकमा नेपालबाट गएको प्रहरीले बिहार पुलिसको सहयोगमा भारतको बिहार पूर्वीचम्पारण घोडासाहन स्थित सिरिसवा बजारमा उनीहरूलाई पक्राउ गर्न खोज्दा त्याहाँबाट भोगेका उनीहरूलाई लखेटेर नजिकैको धान खेतबाट पक्राउ गरेको थियो ।

शंकामा पक्राउ परेका दुबै जनालाई प्रहरीले आफ्नों नियन्त्रणमा लिएर सोधपुछ गरेपनि उनीहरूले अभियोग भने स्वीकार गरेका छैनन् । स्रोतका अनुसार प्रकरणमा देवाही गोदाही नगरपालिका वडा नं।१ का वडाध्यक्ष शेख नरुल्लाह सहिँतका व्यक्ति अझै फरार छन् । प्रारम्भिक अनुसन्धानमा पुजारी श्रीराम शाहको हत्यामा धार्मिक कारण नदेखिएको स्रोतले बतायो ।

गएको भदौ ३ गते राति खाना खान बसेको बेला पुजारी साहको अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका थिए । यता प्रकरणको एक साता विति सक्दा पनि अनुसन्धानमा प्रहरीले सफलता हात पार्न नसकेको भन्दै त्याहाँका नागरिकले विरोध जनाई रहेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);