पर्यटनमन्त्रीले कर्मचारलाई भने– काम गर्न सकिदैन भने राजीनामा दिए हुन्छ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पर्यटनमन्त्रीले कर्मचारलाई भने– काम गर्न सकिदैन भने राजीनामा दिए हुन्छ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले आफ्ना जहाजहरुको रिर्पोट हरेक दिन मन्त्रालयमा पेश गर्न नेपाल वायु सेवा निगमलाई निर्देशन दिनु भएको छ ।

कुन जहाज, कति बजे, कहाँ डिले भयो ? भन्ने सम्मको रिर्पोट आफूलाई हरेक दिन बुझाउन निगमलाई पदाधिकारीलाई मन्त्री किरातीको कडा निर्देशन थियो । उहाँले निगमको समस्या समाधान हुने गरी विजनेश प्लान तत्काल बनाएर आफू समक्ष पेश गर्न पनि निगम पदाधिकारीलाई सचेत गराउनु भयो । गुच्छा जत्रो समाधान लिएर भकुण्डोजत्रो समस्याको समाधान नहुने कुरामा हेक्का राख्न पनि निगमलाई मन्त्री किरातीको चेतावनी थियो । सोमबार निगम व्यवस्थापनले आयोजना गरेको आफूहरुको स्वागत कार्यक्रममा बोल्दै उहाँले नेपाल वायु सेवा निगमलाई गौरवको विषय बनाउने गरी कार्ययोजना बनाउन पनि ढिलाई गर्न नहुने बताउनु भयो । यदि त्यसो गर्न नसक्ने हो भने निगम पदाधिकारीहरुले तत्काल राजीनामा दिनुपर्ने पनि मन्त्री किरातीले स्पष्ट पार्नु भयो ।

एक महिना भित्र अनलाईन टिकटको व्यवस्था गरौं । यतिले सक्छ, सिताले सक्छ, बुद्ध एयरले सक्छ । यसले किन सक्दैन । सकिदैन भने राजीनामा दिएर गए हुन्छ ।’

मन्त्री किरातीले १ महिना भित्र अनलाईन टिकट पाउने गरी आवश्यक व्यवस्था मिलाउन पनि निगमलाई निर्देश गर्नु भयो । उहाँले त्यसका लागि आवश्यक नीतिगत व्यवस्था आफूहरुले तत्काल गरिदिने पनि बताउनु भयो । मन्त्री किरातीले निगमलाई मान्छेहरुले घृणा गर्ने गरेको उल्लेख गर्दै त्यसलाई असफल बनाउने छुट कसैलाई पनि नभएको पटकपटक दोहो¥याउनु भयो । निगमलाई समय, सन्दर्भ वा आफू कसैले पनि असफल हुने छुट दिन नसक्ने उहाँको भनाई थियो । उहाँले आफूले सेतो लुगा लगाउने गरेको भन्दै कालो दाग लगाउने प्रयास नगर्न पनि सचेत गराउनु भयो । मन्त्री किरातीले निगमजस्तो मुलुकको गौरवशाली संस्था डुबेको आफूले टूलूटूलू हेरेर बस्न नसक्ने बताउनु भयो ।

मन्त्री किरातीले अन्य जहाजहरु नाफामा हुने तर निगमको जहाज भने घाटामा हुने कारणको खोजी गर्नुपर्ने समेत बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);