निगम सुधारका लागि सुझाव दिन पाँच सदस्यीय कार्य दल गठन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

निगम सुधारका लागि सुझाव दिन पाँच सदस्यीय कार्य दल गठन

उडड्यनमन्त्री योगेशकुमार भट्टराई

काठमाडौं, २२ साउन । सरकारले नेपाल वायु सेवा निगममा सुधार ल्याउने गरी सुझाव दिन पाँच सदस्यीय कार्य दल गठन गरेको छ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले नेपाल वायु सेवा निगममा समग्र सुधार ल्याउने गरी आवश्यक सुझाव दिन पूर्व पर्यटन सचिव सुशिल घिमिरेको संयोजकत्वमा ५ सदस्यीय ‘नेपाल वायु सेवा निगम सुधार सुझाव कार्यदल’ गठन गर्नु भएको हो ।

समितिका सदस्यहरुमा चार्टर एकाउन्टेन्ट प्रमोद कर्ण, व्यवस्थापन विज्ञ डिमप्रकाश पौडेल, विमान चालक सुधीर शमशेर राई र सदस्य सचिवको रुपमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहनु भएको छ ।

राष्ट्र हित, जनताको हित र नेपाली ध्बजावाहक विमानको अन्तराष्ट्रिय क्षेत्रमा प्रतिष्ठा बढ्ने गरी एक महिना भित्र सुझाव दिन सो कार्यदल गठन गरिएको मन्त्री भट्टराईले जानकारी दिनु भयो ।

बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सो निगमको सुधारका लागि आफूले पटक पटक त्यहाँको व्यवस्थापनसँग आवश्यक छलफल गरिरहेको पनि बताउनु भयो । मन्त्री भट्टराईले निगमका पदाधिकारीहरुसँग आफूले विजनेश प्लानको विषयमा पनि छलफल गरिरहेको बताउनु भयो । उहाँले सो निगमलाई गर्व गर्न लायक बनाउने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

मन्त्री भट्टराईले अव छिट्टै चीन र दक्षिण कोरियामा पनि नेपालले हवाई सेवा संचालन गर्ने योजना पनि अघि सार्नु भयो । उहाँले निजगढ अन्तराष्ट्रिय विमानस्थलको शिलान्यास चालू आर्थिक वर्ष भित्र सुरु गर्ने घोषणा पनि गर्नु भयो ।

राजनीतिक सहमति जुटाएर सो विमानस्थलको निर्माणको कामलाई अघि बढाउने मन्त्री भट्टराईको योजना छ । मन्त्री भट्टराईले त्यसका लागि प्रधानमन्त्री केपी ओलीसँग आवश्यक निर्देशन लिने र सोही अनुसार अन्य राजनीतिक दलहरुका शिर्ष नेताहरुसँग आफूले छलफल गर्ने पनि बताउनु भयो । मन्त्री भट्टराईले सो विमानस्थलको लगानीको व्यवस्था गर्न लगानी बोर्डसँग पनि छलफल गर्ने बताउनु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);