इलामका कृषक व्यवसायिक काँक्रा खेतीमा आकर्षित | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

इलामका कृषक व्यवसायिक काँक्रा खेतीमा आकर्षित

Cucumber-Farming

पुजन घिमिरे
इलाम, २२ साउन
। इलामको रोङ गाउँपालिका वडा नम्बर ६ रम्भ्याङका कृषक व्यवसायिक अर्गानिक काँक्रा खेतीमा आकर्षित भएका छन् । रम्भ्याङका कृषकले उत्पादन गरेको काँक्रा बिक्री गरेर बार्षिक ५० लाख रुपैँयाभन्दा बढी रकम गाउँ भित्रिन थालेपछि उनीहरु यसतर्फ आकर्षित बनेका हुन् ।

बेलुकी ८ बजे रम्भ्याङ्गका गोबिन्द पौडेल मोवाइलको टर्च बालेर काँक्रा टिप्दै थिए । पेशाले स्थायी शिक्षक पौडेल र उनको श्रीमती कर्णमाया दुबै नजिकैको सरस्वती माध्यमिक विद्यालयमा पढाउँछन् । उनीहरुले बाँकी रहेको समयमा तरकारी खेती गरेर बार्षिक सात लाख रुपैँयाभन्दा बढी आम्दानी गर्ने गरेका छन् । पौडेलले बिद्यालय समय बाहेक बिहान बेलुकाको समय बचाएर व्यवसायीक काँक्रा र अन्य तरकारी खेती गर्न थालेको १२ बर्ष भईसक्यो ।

रम्भ्याङ्गमा पौडेल परिवार मात्र हैन अन्य ६० परिवारको तरकारी खेती नै मूख्य आम्दानीको श्रोत भएको छ । काँक्रा, अकबरे खुर्सानी, स्कूस, करेला लगायतका तरकारी उत्पादन गरेर रम्भ्याङ्गबासीले गुजारा चलाइरहेका छन् । तर, बिचौलियाका कारण कृषकहरुले अपेक्षित मूल्य प्राप्त गर्न भने सकेका छैनन् ।

घरमै आएका व्यापारीले १० रुपैयाँ प्रतिगोटाका दरले काँक्रा लैजाने र झापाको बिर्तामोडमा बिक्री गर्दै आएका छन् । फागुनको शुरुमा बेर्ना तयार पारेर किसानले चैत्र महिनामा काँक्रा रोप्ने गरेका छन् । जेठको पहिलो साताबाट टिप्न शूरु गरिने काँक्राले साउन महिना भरी आम्दानी दिने स्थानीय कृषकले बताए ।

रोङ गाउँपालिकाले उत्पादन हेरेर चालु आर्थिक बर्षबाट रम्भ्याङलाई कृषि पकेट क्षेत्र घोषणा गरी कार्यक्रम संचालन गर्ने जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);