भारतीय किसानहरु नेपाल आएर बगरमा खेती गर्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

भारतीय किसानहरु नेपाल आएर बगरमा खेती गर्दै

बगरमा खेती

तेज बोहरा
कैलाली, २ जेठ । कैलालीमा पछिल्लो समय भारतीय किसानहरु नेपाल आएर बगरमा खेती गर्ने क्रम बढ्न थालेको छ । बगर खेतीबाट मनग्य आम्दानी हुन थालेपछि भारतीय किसानहरु नेपाल आएर खाली बगरमा खेती गर्न थालेका हुन् ।

नेपालीहरुको प्रयोग विहिन भुमी नदी छेउको जग्गा सदुपयोग गर्दै भारतीय किसानहरुले विभिन्न प्रकारका खेती गरी मनग्ये आम्दानी गरिरहेका छन् । सिजनल हिसाबले बगर खेती हुने भएकाले उनीहरूले छोटै समयमा राम्रो आम्दानी गर्ने गरेका छन् ।

वर्षायाममा नदीले खेतहरू बगाएर ल्याउने भएकाले खेतको मल बालुवामा मिसिने र हिउँदमा बालुवामा खेती गर्न सजिलो हुने भएकाले उनीहरु बगरमा खेती गर्नेतर्फ आकर्षित भएका हुन् । बगर खेतीमा उनीहरूले काँक्रा, फर्सी, लौका, तितेकरेला, खरबुजा लगायतका तरकारी तथा फलफूल उत्पादन गर्दै आएका छन् ।

भारतीय भूमिहीन कृषकहरु बर्षाैँदेखि यसरी बगरमा खेती गर्दै आएका छन् । यो खेती उनीहरूका लागि आत्मनिर्भर बन्ने गतिलो व्यवसाय बनिरहेको छ । परिश्रम गरे मरुभूमिमा पनि सुन फल्छ भन्ने उदाहरणबाट प्रोत्साहित कृषकहरूले उत्पादन गरेका तरकारी तथा फलफूल नजिकको हाटबजार लगायत पहाडी जिल्लाहरुमा पनि बिक्री हुने गरेको छ ।

नेपाल सरकारले ‘बगर खेती कार्यक्रम कार्यान्वयन कार्यविधि २०७५’ जारी गरी उत्कृष्ट कृषक तथा कृषक समूहहरूलाई अनुदान प्रदान गर्दै आएको छ । यसरी नेपाल सरकारले कृषकहरुलाई बगर खेतीतर्फ पे्ररित गरिरहेको भएपनि नेपाली किसानहरु बगर खतीतर्फ खासै आकर्षित भएको पाईदैन । तर भारतीय कृषकले उत्पादन गरेको तरकारी सस्तो मुल्यमा पाइएको भन्दै स्थानीयहरु त्यसमै खुशी छन् ।

कैलालीको नदी छेउको बगरमा गरिएको खेतीले गर्दा केही हुन्छ भन्ने गतिलो उदाहरण देखिएको छ । नेपालमा काम छैन भनी खाडी मुलुकतर्फ लाग्ने नेपाली युवाका लागि बगर खेतीबाट भएको उत्पादनबाट हुने आम्दानीले राम्रो सन्देश दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);