बगरबाट पनि खेतीयोग्य जमिनजस्तै आम्दानी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

बगरबाट पनि खेतीयोग्य जमिनजस्तै आम्दानी

सन्तोष रोकाया
कैलाली, २९ फागुन । नेपालमा करिब ६ हजार नदीहरु तराईतर्फ बगेका छन् । नदी बग्दा तराईको ठूलो क्षेत्रमा बालुवा वा आंशिक रुपमा माटो समेत थुप्रिएर बगर बनेको छ । तर, युक्तिले काम गरे त्यो बगरबाट पनि खेतीयोग्य जमिनमाजस्तै आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण कैलालीबासीले प्रस्तुत गरेका छन् ।

धनगढी उपमहानगरपालिका–१९ स्थित फूलबारीका किसानले बिगत आठ वर्षदेखि बगर खेती गर्दै आएका छन् । ३५ विघामा फैलिएको बगरलाई करिब १ सय परिवारले जीवन यापानको माध्यम बनाएका छन् । सुरुमा ४-५ जनाले सुरु गरेको बगर खेतीबाट मनग्ये अम्दानी हुन थालेपछि अहिले यस क्षेत्रका अधिकांश किसान बगरमा पसिना चुहाउन थालेका हुन् ।

फूलवारी क्षेत्रका किसानले मोहना नदीको बगरमा खरबुजा, काँक्रा, लौका र करेला उत्पादन गरेर राम्रो अम्दानी गर्ने गरेका छन् । बगरमा फलाएको उत्पादन विक्री गर्न स्थानीयलाई बजारको अभाव पनि छैन । उनीहरुले बगरका उत्पादन फूलबारीदेखि धनगढी बजारसम्म लगेर बेच्ने गरेका छन् ।

उपयोगविहीन भनिने बगरलाई आफूहरुले लघुउद्यमको रुपमा प्रयोगमा ल्याएर राम्रै आम्दानी गर्न सफल भएको समूहकी पूर्व कोषाध्यक्ष सरिता चौधरीको भनाइ छ । चार वर्षदेखि बगर खेतीगरिरहेका किसान बिन्तिराम चौधरी १ विघा जमिनबाट सिजनमा करिब डेढ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको बताउँछन् ।

वगरमा परिणत भएको बालुवा वा खण्डहरमा परिणत भएको ठाउँमा गरिने खेतीलाई नै बगरखेती प्रविधि भनिन्छ । गाउँ वस्ती नजिकै रहेका यस्ता जमिनलाई प्रयोगमा ल्याउन सक्ने हो भने जीवन धान्नकै लागि विदेश जाननपर्ने फूलबारीका किसानहरु बताउँछन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);